जिल्लाको संक्षिप्त परिचय

नेपालको एकात्मक राज्य प्रणाली अन्तर्गतको रुकुम जिल्लालाई संविधान सभाबाट निर्माण गरिएको संघीयता सहितको संविधान “नेपालको संविधान”बाट राज्यको गठित नया संघीय संरचना बमोजिम जिल्लालाई पुर्वी रुकुम र पश्चिम रुकुम गरि २ जिल्लामा विभाजन गरेको छ । विभाजनपछि हाल रुकुम (पश्चिम) जिल्ला कर्णाली प्रदेशमा पर्दछ भने रुकुम (पूर्वी‍ भाग) जिल्ला ५ नं. प्रदेशमा पर्दछ । यस जिल्लामा ३ वटा स्थानीय तह र ३१ वटा वडा रहेका छन् ।

जिल्लाको ऐतिहासिक पृष्ठभूमीमा मध्यकालीन वाइसे राज्यहरू मध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोटहरू पर्दथे । रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मीणी देवी शब्दको अप्रभंश भई रुकुम नाम रहन गएको हो भन्ने भनाइ छ ।

ऐतिहासिक अभिलेखको आधारमा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिएका थिए । केही राज्यहरू स–साना नाम मात्रका थिए । ती स–साना रजौटाहरूको अधिनमा थोरै जनसंख्या भएका गाँउ हुन्थे । राज्यको आम्दानी पनि थोरै हुन्थ्यो । उनीहरूलाई आफ्नो अस्तित्व जोगाउन कठिन हुन्थ्यो । शक्तिशाली राज्यहरूको इशारामा चल्नु पर्ने बाध्यात्मक स्थिति र बृहत नेपालको सृजना गर्ने दृढ संकल्पका साथ पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान पूर्वतिर चलाइराखेका थिए । उनको मृत्यु पछि राजा प्रताप सिंह शाहले बाबुको सपना साकार पार्न कविलासपुरमा हमला गरी विजय प्राप्त गरे । उनको अल्पआयुमै मृत्यु भए पछि राजमाता राज्यलक्ष्मीको लमजुङ्ग, तनहु, नुवाकोट, भिर्कोट, कास्की रिसीङ, घिसिङ माथि विजय प्राप्त गरी राजमाताको देहान्त पछि बहादुर शाहले नायवी भइ काम गरे । बहादुर शाह (रणबहादुर शाहको राज्यकाल) ले पिता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न अघि सरे । पाल्पासँग आफ्नो वैवाहिक सम्बन्ध कायम राखी कुटनैतिक दृष्टिको आधारमा पश्चिम पाल्पा र सल्यानबाट मद्दत लिने योजना बनाए । पश्चिमबाट बहादुर शाहले पाल्पा बाहेक सबै राज्यहरू विजय गरे । सल्यानले नेपाल सरकारलाई सहयोग गरेको देखेर दाङ्ग, जाजरकोट र रुकुम राज्यले आपसमा मिलेर सल्यानमाथि सामूहिक हमला गर्ने मिलोमतो गरे । तर काजी दामोदर पाण्डे, काजी जगत्जङ्ग पाण्डे, सरदार परवल राना र सुब्बा फौदसिंहको नेतृत्वमा नेपाली सैन्यले दाङ माथि विजय गरी सल्यानलाई सुम्पेको देखिन्छ । काजी जिप शाह, सरदार अमरसिह थापा, सरदार पारथ भण्डारी र सुब्बा जोग मल्लले उपल्लो खसीको बाटोगरी जहारीटार पुगि जाजरकोट संग सिढि सन्धि पत्र गरे । यसरी रुकुमकोट लगायत मुसिकोट, बाँफिकोट, जहारीकोट, आठविसकोट, गोतामकोट जस्ता स–साना राज्यहरू रणबहादुर शाहको राज्यकालमा नेपालमा एकीकरण भयो । यसरी एकीकरण भएको रुकुम जिल्ला वि.स. २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामध्ये मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलको उत्तरी भेकमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम (पूर्व) जिल्ला ५ नं. प्रदेशको दूर्गम र एक मात्र हिमाली जिल्लाको रुपमा चिनिन्छ ।

यस जिल्लामा विभिन्न जातजाति, भेष-भूषा, भाषा, संस्कृति, चार्डपर्व र धार्मिक विविधता रहेकाे छ । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ। साविक इलाका प्रशासन कार्यालय रुकुमकाेट, वि.स‌. २०७४ साल देखि नेपाल सरकारकाे राज्य पुन:स‌रचनाकाे क्रममा स्तराेन्निति भइ जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व बनेकाे हाे । हाल जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालहरु रुकुमकोटमा अवस्थित रहेका छन् ।

१. जिल्लाको भौगोलिक अवस्था:–
देशान्तरः   ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि.  पुर्वी देशान्तरसम्म
अक्षांसः    २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म
समुन्द्र सतहदेखि उचाईः   ७२४६ मि.
जिल्लाको क्षेत्रफलः  १६६३ वर्ग कि.मि.
सदरमुकामको उचाईः  १६५० मि.
हावापानीः   समशितोष्ण/शितोष्ण
औषत वार्षिक वर्षाः १८०० मि.मि.देखि २६०० मि.मि.सम्म
तापक्रमः  ०.२ देख ३४ सेल्सियस सम्म ।

२. जिल्लाको सिमाना
पूर्वः         बाग्लुङ र म्याग्दी
पश्चिमः     रुकुम(पश्चिम)
उत्तरः      डोल्पा
दक्षिणः    रोल्पा

३. राजनैतिक तथा प्रशासनिक विभाजनः–
प्रदेश नं.      ५
जिल्लाः   रुकुम (पूर्व)
सदरमुकामः   सिस्ने गा.पा.,रुकुमकोट (अदालतमा विचाराधीन भएकाले हाल अस्थायी)
निर्वाचन क्षेत्रः   प्रतिनिधी सभाः १, प्रदेश सभा २ वटा 
गा.पा.संख्याः   ३ वटा
जिल्लाको वर्गीकरणः  हिमाली  

४. जिल्लाको जनसंख्या विवरणः–
महिलाः    २९४८७ जना
पुरुषः      २४८४५ जना
जम्माः      ५३०१८  जना
परिवार संख्याः     ११२०२
औसत परिवार आकारः    ६ 
जनघनत्वः  ७४ प्रति कि.मि.
जनसंख्या वृद्धिदरः  २.०६ प्रतिशत

५. भु–उपयोगको अवस्थाः–
कुल क्षेत्रफलः ११३५२३ हे.
खेतियोग्य क्षेत्रफलः २०२६५ हे.
पानीले ओगटेको क्षेत्रफलः ३४३ हे.
चरन क्षेत्रः ५६५५ हे.
वनजङ्गल क्षेत्रफलः ५९७४८ हे. 
हिउले ओगटेको क्षेत्रफलः  २४७६ हे.

६. शैक्षिक अवस्थाः–
कुल साक्षरताः ६२.०९ प्रतिशत  (पुरुषः ७१.२३ प्रतिशत महिलाः ५४ प्रतिशत)
क) भुमे गा.पा.

मा.विः  आ.विः २६ संस्थागतः   बालविकास केन्द्रः २९ सामुदायिक सिकाई केन्द्रः 
ख) सिस्ने गा.पा.
क्याम्पसः   मा.वि.:  आ.वि.: ३० संस्थागतः   बालविकास केन्द्रः २५ सामुदायिक सिकाई केन्द्रः 
ग) पुथा उत्तरगंगा गा.पा.
मा.वि. :  आ.वि.: ३६ संस्थागतः  बालविकास केन्द्रः ३४ सामुदायिक सिकाई केन्द्रः 

७. स्वास्थ्य सेवाः–
जिल्ला अस्पतालः  १ वटा
प्राथमिक स्वास्थ्य केन्द्रः  १ वटा
स्वास्थ्य चौकीः  १६ वटा
निजी औषधी पसल एवं क्लिनिकः  २३ वटा

८. वन सम्वन्धीः–
ईलाका वन कार्यालयः ०
सामुदायिक वन                           हे.
सामुदायिक वन संख्याः                  १२८
कवुलियती वन क्षेत्रफल                 हे.
कवुलियती वन संख्याः                    १६
निजी वन क्षेत्रफलः                        हे.
निजी वन संख्याः                            ८

९. विद्युत सेवाः–
कुल विद्युत उत्पादनः    १२१० कि.वा.
साना तथा लघु विद्युत उत्पादन संख्याः  २७ 
परम्परागत घट्ट संख्याः १२७
सुधारिएको  घट्ट संख्याः  ९
सुधारिएको चुलो संख्यांः १३८९
फलामे चुलो संख्याः  ४५० 
सोलार सिस्टम संख्याः ७४४०

१०.पशु विकास सम्वन्धीः–
पशु सेवा केन्द्रः  ४ वटा
पशुसम्वन्धी औषधी पसलः  ३ वटा
पशु गर्भाधान केन्द्रः  १ वटा

११. जिल्लाको खाद्यान्न विवरणः–
खेतियोग्य जमिनको क्षेत्रफलः २०२६५ हे.
खेति गरिएको क्षेत्रफलः १६३७० हे.
सिंचित क्षेत्रफलः २८०९  हे.
खुद खाद्यान्न उत्पादनः २९८४२ मे.टन
खाद्यान्न आवश्यकताः १३७३३  मे.टन

१२. उद्योग व्यवसायः

उद्योग व्यवसाय सिस्ने गा.पा. भुमे गा.पा. पुथा उत्तरगंगा गा.पा.
सेवामुलक उद्योग २२ २४
उत्पादनमुलक उद्योग १३
कृषि तथा वनजन्य उद्योग १७
पर्यटनमुलक/होटल

१३. प्रमुख नदी र खोलाहरुः–   सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदि ।

१४. सञ्चार:– ईलाका हुलाकः  ३  अतिरीक्त हुलाकः  टेलीसेन्टरः   ए.डी.एस.एल. सेवाः  नमस्ते मोवाईल सेवाः सी.डी.एम.ए.सेवाः

१५. वित्तिय संस्थाहरु:–

  1. ने.वै.लि.रुकुमकोट शाखा
  2. प्रभु बैंक
  3. सिटिजन्स इन्टरनेशनल लि. भूमे शाखा
  4. डिग्रे शाई कुमारी बचत तथा ऋण सहकारी संस्था
  5. लक्ष्मी लघु वित्त वित्तिय संस्था
  6. स्वदेशी वित्तिय संस्था
  7. मिरमिरे लघु वित्त वित्तिय संस्था
  8. रुक्मिणी बचत तथा ऋण सहकारी संस्था
  9. डिप्रोक्स लघु वित्त वित्तिय संस्था
  10. स्वदेशी लघु वित्त सहकारी संस्था
  11. जनसेवी लघु वित्त वित्तिय संस्था

१६. धार्मिक स्थलहरुः–  वराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, विन्द्यावासीनी मन्दिर रुकुमकोट, मस्तथान मैकोट,  आदि ।

१७. पर्यटकीय स्थलहरु :– पुथा हिमाल, सिस्ने हिमाल, कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, देऊराली गुफा, तकसेरा गाँउ, लुकुम गाँउ, राङ्सी गाँउ, कोल गाँउ, हुकाम गाँउ, मैकोट गाँउ, काँडा गाँउ, महत गाँउ, सिमा गाँउका मगर वस्तीहरु, रुकुमकोट वस्ती, ढोरपाटन वन्यजन्तु आरक्ष आदि ।

१८. जिल्लामा कार्यरत गै.स.स./दातृ निकाय/संघसंस्था/कार्यक्रमहरु:–

  1. रुकुमेली समाज विकास केन्द्र
  2. हुरेडकार्स
  3. हरप्लेस
  4. मिक नेपाल
  5. जनजागरण मञ्च
  6. खिस्टीयन समाज
  7. युनाईटेड मिसन टु नेपाल(UMN)
  8. रुपान्तरण
  9. संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष
  10. नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम
  11. आषा कार्यक्रम
  12. गरीवी निवारण कोषको कार्यक्रम
  13. गरीवसंग विश्वेश्वर कार्यक्रम
  14. ग्रामीण निर्माण सुधार कार्यक्रम (RCIP)
  15. सडकपुल
  16. झोलुङ्गेपुल कार्यक्रम

१९. तरकारी तथा फलफुलहरु :– मुला, आलु, पिडालु, प्याज, रायो, लसुन, बेसार, अदुवा, टमाटर, फर्सी, गोलभेडा, रामतोरिया, करेला, भेण्टा, खुर्सानी, केराउ, गाजर, काउली, बन्दा, सिमी, काँक्रा, स्कुस, बरेला, बोडी,  केरा, अम्वा, सुन्तला, कागती, मौसम, स्याँउ, नास्पति, आलु, आरुबखडा, ओखर आदि ।

२०. वन्यजन्तु तथा चराचुरुङ्गीहरु:– कस्तुरी, मृग, नाउर, रातो, बांदर, ढेडुं, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दुम्सी, लोर्खके, गोहोरो, डाँफे, मुनाल, च्याकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि ।

२१. जडीबुटीहरु :– यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईटो, जटामसि, भलायो आदि ।

२२. अन्नबालीहरु :– धान, गहुँ, मकै, कोदो, जौ, उवा, फापर आदि ।

२३. खनिज पदार्थहरु :– तामा, सिसा, कोईला, फलाम, चक, शिलाजित, गन्धक आदि ।

२४. सुरक्षा :– खड्गदल गुल्म रुकुमकोट, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धान कार्यालय ।

२५. हिम श्रृंखला :– धौलागिरी

पूथा हिमाल । ७२४६  मी. उचाई २८ ४४ ५२ अक्षांस ८३ ०८ ५३ देशान्तर
पुथा हिमाल ।। ५५९८  मी. उचाई ४४ ०५ अक्षांस ८३ ०८ ३४ देशान्तर
सिस्ने हिमाल । ५९११  मी. उचाई २८ ४९ ४० अक्षांस ८२ २७ ०७ देशान्तर
सिस्ने हिमाल ।। ५८४४ मी. उचाई २८ ५० २३ अक्षांस ८२ ३७  ३५ देशान्तर
दोगारी हिमाल ६५३६  मी. उचाई २८ ४६ ०० अक्षांस ८३ ०६ ०१ देशान्तर
सामजाङ्ग हिमाल ५९२४ मी. उचाई २८ ४६ ०२ अक्षांस ८३ ०५ ५७ देशान्तर
निम्कु हिमाल ५८४० मी. उचाई २८ ४६ ४७ अक्षांस ८३ ०४ ०५ देशान्तर

२६. प्रजातिहरु :– बांज, खस्रु, गुराँस, ओखर, साज, पाङ, ठिङ्गो, चिउरी, टुनी, चाँप, काफल, सल्लो, उत्तीस, चिलाउने, कटुस आदि ।

२७. जिल्लाबाट अन्यत्र निर्यात हुने वस्तुहरु :– यार्सागुम्वा, अन्य जडिबुटीहरु, तरकारी विऊ, आलु, घ्यु, मह, सुठो, चामल, दाल, शिलाजित, नेपाली कागज, अल्लोको प्रशोधित धागो, ऊनी, कम्बल आदि ।


Skip to toolbar